म्यानचेष्टर सिटीसँग पिएसजी २-१ गोलले पराजित

फुटबल

एजेन्सी । गएराती सम्पन्न युईएएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पिएसजी) आफ्नै घरेलु मैदानमा इङ्लिस क्लब म्यानचेष्टर सिटीसँग स्तब्ध बन्न पुगेको छ ।

सिटीले घरेलु टोली पिएसजीलाई २-१ गोलले पराजित गर्दै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गर्ने ढोका खोलेको छ । पहिलो हाफको १५औं मिनेटमा नै गोल गर्दै अग्रता लिएको पिएसजीले दोस्रो हाफको ६४औं मिनेटमा सिटीका केभिन डे ब्रुएनले गरेको प्रहार रोक्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।

खेलको ७८औं मिनेटमा पिएसजीका मिडफिल्डर इड्रीसा गुएले फल गरेवापत रातो कार्ड खाँदै मैदान बाहिर गएपछि पिएसजी दश खेलाडीमा समित रहन पुग्यो । सिटीले पहिलो गोल गरेको केहीबेरमा नै दोस्रो गोल गर्दै गत वर्षको उपविजेता पिएसजीलाई पराजित गरेको हो ।

अब पिएसजीले दोस्रो लेग सिटीको खेल मैदानमा आउँदो मंगलबार खेल्नेछ । फाइनल खेल भने स्तानबुलमा मे २९ मा खेलिनेछ ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0