रोनाल्डोले छोडेपछि युभेन्टसको पहिलो जित

फुटबल

एजेन्सी । इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा युभेन्टसले स्पेजियालाई ३-२ ले पराजित गरेको हो । सिजनको सिरी ‘ए’ मा युभेन्ट्सको पहिलो जितमा मोइस किन, फेडरिको चिइसा र म्याथ्थिज डि लेग्टले गोल गरे ।

घरेलु टोलीका इमानुयल क्वार्टसिन ग्यासी र जानिस एन्टिस्टेले गोल फर्काए । खेलको २८औं मिनेटमा मोइस किनको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले एड्रिएन राविओटको पासमा गोल गरेका थिए । ३३औं मिनेटमा इमानुयल क्वार्टसिन ग्यासीले गोल गर्दै १-१ को बराबरीमा ल्याए ।

४९औं मिनेटमा जानिस एन्टिस्टेले गोल गर्दै स्पेजियालाई खेलमा २-१ को अग्रता दिलाए । ६६औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । ७२औं मिनेटमा म्याथ्थिज डि लेग्टले गोल गर्दै गोल गर्दै युभेन्ट्सलाई ३-२ को जित दिलाए ।

योसँगै युभेन्ट्सको ५ खेलबाट ५ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित स्पेजिया ४ अंकसहित १७औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0