क्रिष्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड कारबाओ कपबाट बाहिरियो

फुटबल

काठमाडौं । पोर्चुगिच फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सम्मिलित म्यानचेस्टर युनाइटेड लिग कप फुटबलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेस्ट ह्यामसँग १–० ले पराजित भएपछी प्रिमियर लिग उपाधि दाबेदार टोली अन्तिम १६ मा पुग्न नपाउँदै बाहिरिएको हो । यसै सिजनमा रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर आए पनि यो खेलमा भने खेलेका थिएनन् ।

वेष्टह्यामको जितमा नवौँ मिनेटमा म्यानुएल लान्जिनीले गरेको गोल नै निर्णायक बन्यो। जितसँगै वेस्ट ह्याम काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ । वेस्ट ह्यामले अब म्यानचेस्टर सिटीसित खेल्नेछ ।

यता चेल्सीले एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। लेस्टर सिटीले मिलवाललाई २-० गोलले पराजित गरेको छ। टोटेनहमले वुल्भ्समाथि पेनाल्टी सुटआउटमा ३-२ को जित निकालेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0