ईपीएल खेल्न नेपाल आइपुगे अफ्रिदी, दुई खेल मात्रै खेल्ने

क्रिकेट

काठमाडौं । विश्व क्रिकेटका सुपरस्टार अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आएका छन् । काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

नेपाल झरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेकाे हेर्न चाहेको बताए । ‘नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्न म आएको छु ।’

साथै उनले आफूलाई नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको बताए । व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’

सन्दीपको नेतृत्वमा किङ्स ११ बाट अफ्रिदीसहित नेपाली खेलाडीहरु अमित श्रेष्ठ, सुवास खकुरेल, शेर मल्ल, सिद्धार्थ लोहनी, मोहम्मद साम्सद शेख, दीपेन्द्र ऐरी, जितेन्द्र मुखिया, अशोक चन्द, अमर सिंह रौतेला र गुल्सान झाले खेल्नेछन् ।

काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा । विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *