ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने, कारण व्यक्तिगत

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले शनिबारबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ईपीएलको फ्रेन्चाइज क्लब ललितपुर प्याट्रियट्सले बिहीबार नेपाली टोलीका कप्तान मल्लले ईपीएल नखेल्ने जनाएको हो ।

प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ । ‘ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत कारण यस संस्करणकाे ईपीएल नखेल्ने निर्णय गरेका छन्, याे निकै निराशाजनक हाे’, विज्ञप्तिमा भनिएकाे छ ।

“मेरो व्यक्तिगत कारणले गर्दा एभरेस्ट प्रिमियर लिगको खेल्न नसक्ने भएको छु । टिम रहेर मैले आफ्नोतर्फबाट सतप्रतिशत दिन सकिनँ भने पक्कै पनि टिमको नतिजामा असर पर्छ । यस टिमको हिस्सा हुन पाउँदा म खुसी छु । सफलताको लागि शुभकामना ।”ज्ञानेन्द्रले भने ।

ललितपुर प्याट्रियट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *