कोलकत्तासँग मुम्बई ७ विकेटले पराजित

आईपिएल क्रिकेट

काठमाडौं। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ । आबुधाबीमा बिहीबार राति सम्पन्न खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटल पराजित गरेको हो। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो।

शेख ज्यायद क्रिकेट स्टेडियममा मुम्बईले जितका लागि दिएको १५६ रनको लक्ष्य कोलकताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर १५९ रन बनायो । कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

बलिङतर्फ मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । मुम्बईका लागि क्विइन्टन डी ककले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित शर्माले ३३ रनको योगदान गरे । मुम्बईका लागि काइरन पोलार्डले २१ रन बनाउँदा इशन किसनले १४ रनको योगदान गरे । त्यस्तै कुर्नाल पाड्याले १२ रन जोडे ।

कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २÷२ विकेट लिए। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0