ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने भएपछि कुशलले ललितपुरको कप्तानी गर्ने

क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्सको कप्तानी युवा ब्याट्सम्यान कुशल भुर्तेलले गर्ने भएका छन् । आफ्ना नियमित कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने भएपछि ललितपुरले कुशललाई कप्तानको जिम्मेवारी दिएको हो ।

ललितपुरले बिहीबार कुशलले कप्तानी गर्ने जनाएको छ । साविक विजेता ललितपुरले विदेशी खेलाडीलाई कप्तानी नदिएर नेपाली खेलाडीलाई नै अवसर दिएको हो । चौथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । ललितपुरले प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किङ्स–११ सँग प्रतिस्पर्धा गर्नेछ ।

ललितपुर प्याट्रियट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *