नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

समाचार

काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल हुन लागेकाे जनाकारी दिएकाे हाे।

यसै साता इराकले नेपाललाई मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको थियो। इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल अ‍ागामी जेठ १५ (मे २९) मा हुने एन्फाले जनाएकाे छ।

विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो। नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ।प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन्। नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *