मेसिले छाडेपछि बार्सिलोनाले जित्नै बिर्सियो ! काडिजसँग बराबरीमा रोकियो

फुटबल

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दावेदार बार्सिलोना क्याडिजसँग बराबरीमा रोकिएको छ । क्याडिजको घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको हो । यस सिजनमा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

काडिजलाई दबाबमा राखे पनि फिनिसिङमा चुुक्दा बार्सिलोना अंक बाँड्न बाध्य बन्यो । घरेलु टोलीले पनि पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन । गत सिजन मात्रै शीर्ष डिभिजनमा बढुवा भएको काडिजले बार्सिलोनालाई पहिलो खेलमा २-१ ले पराजित गर्दा दोस्रो खेलमा १-१ गोलको बराबरी खेलेको थियो ।

बार्सिलोना ६५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फ्रान्की डि जोङ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना दबाबमा परेको हो । तर क्याडिजले त्यसको फाइदा उठाउन भने सकेन । क्याडिजका प्रहार बार्सिलोनाका गोलरक्षक स्टेगनले जोगाएका थिए । उनी ‘म्यान अफ दी म्याच’ भए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0