पारस खड्काको ठाउँमा करण केशी बने विराटनगर वारियर्सको कप्तान

क्रिकेट

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि २० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सको कप्तानी राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले गर्ने भएका छन्।

विराटनगरले शुक्रबार करणलाई कप्तान र विकेटकिपर ब्याट्सम्यान अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको हो । यसअघि विराटनगरको कप्तानी राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले गर्दै आएका थिए। तर, उनले यस संस्करणको ईपीएल खेल्ने छैनन्।

शनिबार हुने उद्घाटन खेलमा साविक विजेता ललितपुरले काठमाडौं किङ्ग्स–११ को सामना गर्नेछ । सन् २०१८ मा भएको ईपीएलको तेस्रो संस्करणको फाइनलमा भैरहजा ग्लाडिएटर्सलाई पराजित गर्दै ललितपुर प्याट्रिओट्सले उपाधि उचालेको थियो ।

विराटनगर वारियर्स: करण केसी, आसिफ शेख, अनिल कुमार शाह, सन्दीप रजाली, सौरभ खनाल, सुमित महर्जन, हरिबहादुर चौहान, सोनु देवकोटा, प्रतिश जिसी, रामनरेश गिरी, विक्रम कुमार भुसाल, अनिल खरेल, अर्जुन चुनारा, सन्तोष यादव । विदेशी खेलाडी: रायन पठान, चन्दरपाउल हेमराज, सिकन्दर राजा, दिलसान मुनाविरा ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged