नेपाल र नेपालीलाई झुक्याउँदै डेभ वाटमोर बरोडाका प्रशिक्षक नियुक्त

क्रिकेट

काठमाडौं । पारिवारिक कारण देखाउँदै नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पूर्व अस्ट्रेलियन क्रिकेटर डेभ व्हाटमोर भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भएका छन्।

व्हाटमोरले यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअघि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार एक सिजनमा बरोडाले वाट्मोरलाई करिब एक करोड ६० लाख रुपैयाँ दिनेछ। ‘उहाँ (वाट्मोर) मुख्य प्रशिक्षकको रूपमा नियुक्त हुनुभएको हो। उहाँले अन्य प्रशिक्षकसँग मिलेर विभिन्न उमेर समूहहरुका खेलाडीहरुलाई प्रशिक्षण गर्नुहुन्छ,’ एसोसिएशनका सचिव अजित लेले पीटीआईसँग भने।

यसअघि व्हाटमोरले सन् २०१७/१८ को सिजनमा भारतकै अर्को रन्जी टिम केरलाको प्रशिक्षण सम्हालेका थिए जुन क्रममा केरला पहिलो पटक क्वार्टरफाइनल पुग्न सफल भएको थियो।

यस्तै उनले २०१० मा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। उनले पाकिस्तान, बंगलादेश र जिम्बाब्वेको प्रशिक्षण गरिसकेका छन् भने भारतीय यु-१९ टिमको समेत प्रशिक्षक रहेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Tagged