आइपिएल : बैंलोरलाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो

क्रिकेट

काठमाडौं । कोहली कप्तानी रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै चेन्नइ सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति युएईको शारजाहमा भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो।

बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नइले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । चेन्नईका लागि रुतुराज गायकवाडीले ३८, फाप डू प्लेसिसले ३१ तथा अम्बाती रायडूले ३२ रन बनाए । बैंगलोरका हर्सल पटेलले २ विकेट लिए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए । शार्दुल ठाकुरले २ तथा दिपक चाहरले १ विकेट लिए।

जितसँगै चेन्नइको ९ खेलमा १४ अंक भएको छ । चेन्नईविरुद्ध हारे पनि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा कायमै छ । उसले ९ खेल खेल्दा पाँचमा जित र चार खेलमा हारको सामना गरेको छ।

 

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0