ईपीएल क्रिकेट : उद्घाटन खेलमा सन्दीप र कुशलको भिडन्त, कसले मार्ला बाजी ?

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजदेखि सुरु हुँदैछ । टियु क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ खेल्दै छन् । खेल नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुनेछ।

ललितपुर कुशल भुर्तेल र काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ। ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाके जस्ता खेलाडी रहेका छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज, सिंगापुरका जनक प्रकाशसहितका खेलाडी छन् । ललितपुर र काठमाडौं यसअघि ईपीएलमा तीनपटक आमनेसामने भएका छन् । त्यसमा ललितपुर हाबी छ । ललितपुरले तीनवटै खेलमा जित निकालेको छ ।

काठमाडौं किग्स-११: सन्दीप लामिछाने, अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दीपेन्द्र रावत, जितेन्द्र मुखिया,आशाक चन्द, अमरसिंह रौटेला, गुल्शन झा । विदेशी खेलाडी: शाहिद अफ्रिदी, जनक प्रकाश, रेयान ब्रुल, रहमानउल्ला गुरबाज ।

ललितपुर प्याट्रिओट्स: ज्ञानेन्द्र मल्ल, सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन विराक्योडी ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0