विश्वभरबाट एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। टियु क्रिकेट मैदानमा हुने इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स –११ बीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने ललितपुर र सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडौँको खेल प्रतिस्पर्धात्मक हुनेछ । दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ।

एभरेस्ट प्रिमियर लिगको प्रत्यक्ष प्रसारण कसरी हेर्ने ? 

इपिएलका सम्पुर्ण खेलहरुको नेपालमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । यस्तै नेपालमै ओएसआर स्पोर्ट्सले युट्युबमा प्रत्यक्ष प्रशारण देखाउनेछ। फ्यानकोड ( Fancode ) एपबाट पनि स-शुल्क विश्वभरबाट हेर्न सकिनेछ। प्रतियोगिताको विदेशमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मरुन मिडियाले लिएको छ जसले बिभिन्न टेलिभिजन मार्फत बिश्वका २०० भन्दा धेरै देशमा प्रतक्ष्य प्रसारण गर्ने छ । उता अस्ट्रेलियामा भने फक्स क्रिकेट इपिएलका सम्पुर्ण खेल देखाउने छ ।

यसपालीको संस्करणमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त थुप्रै विदेशी क्रिकेटर सहभागि हुँदैछन् । पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल खेल्नेछन् । उनले १० नम्बरको जर्सी लगाएर ईपीएल टी–ट्वान्टी क्रिकेट खेल्ने जनाइएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0