अबको केही बेरमा सुरु हुदै ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै !

क्रिकेट

काठमाडौं । आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।

सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ ।

ईपीएल नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदी समेत काठमाडौं आएका छन् ।

उनी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0