ईपीएल शुरु – ललितपुरविरुद्ध काठमाडौं टस जितेर फिल्डिङमा !

क्रिकेट समाचार

काठमान्डौं । एमरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा आज काठमाडौं किंग्स इलेवन र ललितपुर प्याट्रियट्सबीच प्रतिश्पर्धा हुँदैछ । टियु मैदानमा ललितपुरविरुद्ध काठमाडौंका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेका छन् ।

ललितपुरको कप्तानको रुपमा युवा खेलाडी कुशल भुर्तेल रहेका छन् । आजको खेलमा पाकिस्तानी पूर्व कप्तान शाहिद अफ्रिदी पनि खेल्दैछन् । उनी शुरुका २ खेल खेल्नका लागि काठमाडौं आएका हुन् ।

काठमाडौं स्सन्दीप लामिछाने, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुवास खकुरेल, शेर मल्ल, गुलशन झा, सिद्धान्त लोहनी, रयान बर्ल , शाहिद अफ्रिदी र , रहमानउल्लाह गरबाज ।

ललितपुर । कुशल भुर्तेल, सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की, रिजन ढकाल, शंखर राना, नारायण जोशी, मिक्यो दोर्जी सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0