ब्रुनो पेनाल्टीमा चुक्दा आफ्नै घरमा युनाइटेडको हार, रोनाल्डोले समेत गोल गर्न सकेनन्

फुटबल

काठमाडौं । ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुकेपछि म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले पराजित भएको छ । ओल्ड ट्राफोडमा भिल्लाले १२ वर्षपछि कुनै खेल जितेको हो । योसँगै युनाइटेडको यो सिजन प्रिमियर लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

म्यानचेस्टरलाई उसकै घरेलु मैदानमा हराउन एस्टनका लागि कोर्टने हायुजले एक गोल गरे । उनले निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा गोल गर्न सफल भए । एक गोलले पछि परेको युनाइटेडले इन्ज्युरी समयमा पेनाल्टी अवसर पाएको थियो ।

फर्नान्डेजले दायाँ विंग्सबाट गरेको क्रस विपक्षी खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो । तर, उसले त्यसको सदुपयोग गर्न सकेन । ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्न सकेनन् ।

काराबाओ कपमा वेस्ट ह्यामसँग पराजित हुँदै बाहिरिएको युनाइटेडले आफ्नो घरेलु मैदानमा लगातार दुई खेलमा गोल गर्नबाट चुकेको छ । युनाइटेडले विपक्षीको पोष्टमा २८ वटा प्रहार गरे पनि गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो युनाइटेड फर्किएपछि गोल गर्न चुकेको यो पहिलो अवसर हो । ६ खेलबाट १३ अंकसहित युनाइटेड लिगको चौथो स्थानमा सिमित रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0