क्यानद्वारा अनिश्चित समयसम्मका लागि सम्पूर्ण क्रिकेट गतिविधि स्थगित

समाचार

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ । क्यानले शुक्रबार सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिन सुरु भएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.