नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल आज, अहिलेसम्म खेलेका सबै ११ खेलमा नेपाल पराजित

फुटबल

काठमाडौं । नेपाल र ओमानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुदैछ । ओमानविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय टोली कतारमा छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा राति ९:४५ बजे शुरू हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

ओमानसँग यसअघि नेपालले ११ खेल खेल्दा सबै खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग ४३ गोल खाँदा १ गोल गर्न सकेको छ। ओमानसँगको खेलपछि साफ च्याम्पियनसिपका लागि नेपाली टोली कतारबाट माल्दिभ्स जाने छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको पहिलो खेल मालेस्थित फुटबल स्टेडियममा असोज १५ मा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
1
+1
1