सिकन्दर राजाले उत्कृष्ट इनिङ खेलेपनि बिराटनगरलाई जिताउन सकेनन्

क्रिकेट

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल)मा आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको छ । आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

चितवनका लागि राजेश पुलामीले आउट नभई ४३, भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ र इशान पाण्डेले १० रन जोडे । विराटनगरका सिकन्दर राजा र करण केसीले समान २/२ विकेट लिए । प्रतिस जिसी, अनिल खरेल र रायन पठानले समान १/१ विकेट लिए

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले उत्कृष्ट पारी खेले । १८औँ ओभरको चौथो बलमा कमलसिंह ऐरीले भिम सार्कीबाट क्याच गराउनुअघि उनले ४७ बलमा २ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए ।
अनिल शाहले ३२ रनको योगदान दिँदा सौरभ खनाल ३० रनमा अविजित रहे ।

बलिङतर्फ चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले समान दुई/दुई विकेट लिए । साहव आलमले एक विकेट लिए । यो जितसँगै चितवनले दुई अंक जोडेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0