साफ च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा, को को परे ?

फुटबल

काठमाडौं, १० असोज । साफ च्याम्पियनसिपका लागि किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

दोहामा बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये विकास कुथू र राजन गुरुङ टोलीमा अटाएका छैनन्। हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
2
+1
0
+1
0