अन्ततः जितको खडेरी अन्त्य ! लेभान्टेमाथि बार्सिलोनाको शानदार जित

फुटबल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लेभान्टेमाथि सहज जित निकालेको छ । आइतबार घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोलले पराजित गरेको हो।

बार्सिलोनाको जितमा मेम्फिस डिपे, लुक डी जोंग र अन्सु फातीले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि डिपाएले खेलको छैटौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यस्तै डी जोंगले खेलको १४औ मिनेटमा गोल गरेका थिए भने फातीले खेलको ९१औ मिनेटमा गोल गरेका थिए ।

लामो समय पछि टिममा फर्किएका फातीले पहिलो खेलमै गोल गरेका छन् । घाइते भएका कारण लामो समय मैदान बाहिर रहेका फाती ७ नोभेम्बर २०२० पछि मैदान उत्रिएका हुन्। फाती आजको खेलमा खेलको ८१औं मिनेटमा सब्सटिच्यूटको रुपमा खेलेका थिए ।

यो जितसँगै बार्सिलोनाले ६ खेलबाट १२ अंक जोडेको छ । बर्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित लेभान्टे ४ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ ।

 

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0