कोलकातालाई हराउँदै चेन्नई फेरि आइपिएलको शीर्ष स्थानमा

आईपिएल क्रिकेट

काठमाडौं । नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नई सुपरकिंग्स आइपिएल अंक तालिकामा फेरि शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

शेख ज्याद क्रिकेट स्टेडियममा कोलकोताले दिएको १७२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईका लागि फाफ डू प्लेसिसले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै रुतुराज गाइक्वाडले ४० रन बनाउँदा मोइन अली ३२ र रविन्द्र जडेजाले २२ रन बनाए ।

कोलकाताका सुनिल नारायणले ३, लोकी फर्गुसन, प्रसिद्ध कृष्णा, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै नितिस रानाले नट आउट ३७ रनको योगदान गरे । दिनेश कार्तिकले २६ रनको योगदान गर्दा आन्द्रे रसल २० तथा भेन्केटस यैरले १८ रन बनाए । चेन्नईका जोस हेजलउड र शार्दुल ठाकुरले समान २–२ लिँदा रविन्द्र जडेजाले १ विकेट हात पारे ।

यो जितसँगै चेन्नईले १० खेलमा १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ कोलकाता चौथो स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0