ओमानसामु टिक्न सकेन नेपाल, ७-२ को शर्मनाक हार

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग मैत्रीपूर्ण खेलमा शर्मनाक प्रदर्शन गरेको छ । कतार दोहास्थित कतार युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपाल ७-२ गोल अन्तरले पराजित भएको छ ।

ओमानका लागि फाह्मी साइदले नवौं मिनेटमा, मोहसेन गोहारले ३०, इसाम अल–सुभीले ४६, मोहसेन अल–घसानीले ४९, अब्दुलाजिज अल–मुक्बलीले ६० र ६५ तथा जमिल अल याहमदीले ७६औं मिनेटमा गोल गरेका थिए।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफको तयारीका लागि हाल नेपाली टिम कतारमा प्रशिक्षण गरिरहेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
2
+1
1
+1
3
+1
2