हर्षल पट्टेलले ह्याट्रिक लिएपछि मुम्बईमाथि बेङ्लोरको जित

आईपीएल क्रिकेट

काठमाडौं । तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बैंग्लोरले मुम्बईलाई फराकिलो ५४ रनको अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा बैंग्लुरुले मुम्बईसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, मुम्बईले १ सय ११ रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ र क्विन्टन डि ककले २४ रन बनाएपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् । खेलमा बैंग्लोरका युवा बलर हर्षल पटेलले १७ औँ ओभरमा शानदार बलिङ गर्दै ३ बलमा लगातार ३ विकेट लिए । उनले हार्दिक पाण्ड्या, किरोन पोलार्ड र राहुल चाहरलाई आउट गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

हर्षल पटेलले ३.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। युजभेन्द्र चहलले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए। मोहम्मद शिराजको नाममा एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो। उसका लागि ग्लेन म्याक्सवेलले ५६ तथा विराट कोहलीले ५१ रन बनाए । बलिङमा मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए। जितसँगै तेस्रो स्थानको बेंग्लोरले १० खेलबाट १२ अंक जोडेको छ। सातौं स्थानको मुम्बईको ८ अंक छ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0