साफ च्याम्पियनसिप खेल्ने माल्दिभ्स पुग्यो नेपाली फुटबल टिम ( हेर्नुस फोटो फिचर )

फुटबल

काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाल राष्ट्रिय पुरुष फुटबल टिम सोमबार माल्दिभ्स पुगेकाे छ । कतारमा १५ दिनको तयारी सकेर टोली सोमबार राति माल्दिभ्स पुगेको हो ।

साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालको पहिलो खेल मालेस्थित फुटबल स्टेडियममा असोज १५ मा हुनेछ । नेपालले साफकाे तयारी स्वरुप आइतबार कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ७-२ ले पराजित भएको थियो ।

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0