साफ च्याम्पियनसिप खेल्ने भारतिय टिम कस्तो छ ?

फुटबल

काठमाडौं । यही असोज १५ गतेदेखि हुने साफ च्याम्पियनसिप २०२१ को लागि भारतका क्रोएसियन मुख्य प्रशिक्षक इगोर स्टिम्याचले २३ सदस्सीय टिमको घोषणा गरेका छन् । भारतले सुनिल क्षेत्रीको कप्तानीमा साफ खेल्ने टिमको घोषणा गरेको हो ।

भारतले अक्टोबर ४ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारत ७ पटकको च्याम्पियन हो। भारतले लाहोरमा सन् १९९३, काठमाडौंमा १९९७, गोवामा १९९९, कराचीमा २००५, ढाकामा २००९, नयाँ दिल्लीमा २०११ र केरलामा सन् २०१५ मा उपाधि जितेको थियो ।

यसपटकको साफमा भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।

भारतीय टिम

गोलकिपर : गुरप्रित सिंह, अम्रिन्दर सिंह, विशाल कैथ
डिफेन्डर : प्रितम कोतल, सेरिटन फर्नान्डेज, चिङ्गलेङसना सिंह, राहुल भेके, सुभाषिस बोसे, मन्दर राओ देसाई
मिडफिल्डर : उदान्त सिंह, ब्रान्डन फर्नान्डेज, लालेङमाविआ, अनिरूद्ध थापा, सहल अब्दुल समाद, जेकसन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कोलाको, यासिर मोहमद
फरवार्ड : मनविर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0