बैंलोरले आईपीएलको शीर्ष स्थान उक्लने मौका गुमायो, पञ्जावसँग ३४ रनले पराजित

आईपिएल क्रिकेट

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । अहमदाबादमा शुक्रबार राति भएको खेलमा जारी सिजनमा खराब फर्ममा रहेको पञ्जावले लय समात्दै बेंग्लोरलाई ३४ रनले पराजित गरेको हो ।

जितसँगै पञ्जावले अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं नम्बरमा पुगेको छ । बेंग्लोर भने तेस्रो स्थानमा कायम छ । सात खेल खेलिसकेको बेंग्लोरको यो दोस्रो पराजय हो भने समान खेलमा पञ्जावको भने यो तेस्रो जित हो ।

पञ्जाबले दिएको लाई १ सय ८० रनको लक्ष्य पछ्याएको बैंलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए भने रजत पतिदार र हर्सल पटेलले समान ३१ रन बनाए।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ ,रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १÷१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

उसका लागि कप्तान केएल राहुलले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा पाँच छक्का सात चौकासहित अविजित ९१ रन बनाए । त्यस्तै, क्रिस गेलले पनि आज आक्रामक पारी खेले । उनले २४ बलमा ६ चौका र दुई छक्कासहित ४६ रनको योगदान दिए । हरप्रीत बारले अविजित २५ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बैंगलोरका केली जेमिसनले २ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0