च्यासलबाट विराज महर्जनले ‘ए’ डिभिजन लिग खेल्ने

फुटबल

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान विराज महर्जन ए डिभिजन क्लब च्यासल युथमा आवद्ध भएका छन् । मंगलबार च्यासल युथ क्लबले एक कार्यक्रमबीच महर्जनलाई क्लबमा भित्र्याएको हो ।

च्यासलले विराजसँग सम्झौता गर्दै उनलाई कप्तानको जिम्मेवारी पनि दिएको छ। नेपाली राष्ट्रिय टिमलाई पनि कप्तानी गरिसकेका विराजले गत वैशाखमा भएको थ्री नेसन्स कपपछि राष्ट्रिय टिमबाट सन्न्यासको घोषणा गरेका थिए। अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो ।

ए डिभिजन यात्रामा विराजको यो पाचौं क्लब हो । यसअघि विराजले न्युरोड टिम एन राटी, थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट लिग खेलेका छन् । विराजले थ्री स्टार, मनाङ र मछिन्द्रबाट ह्याट्रिकसहित लिग उपाधि हात पारेका थिए । एन्फा एकेडेमीका विराजले सन् २००८ मा पोखरामा भएको मैत्रीपूर्ण खेलमा पाकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

यस्तै, च्यासलले स्कटल्याण्डका ली मान्सनलाई प्राविधिक निर्देशक नियुक्त गरेको छ । पछिल्लो पटक लाओस एफसीको प्राविधिक निर्देशकको रूपमा काम लीलाई क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि नियुक्त गरेको हो ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged