आईपीएल : दिल्लीमाथि कोलकोताको ३ विकेटको रोमाञ्चक जित

क्रिकेट

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगबार भएको खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएकाे छ । कोलकाताले दिल्ली क्यापिटल्स माथि ३ विकेटको जित निकालेको हो ।

शारजाहमा भएको खेलमा दिल्लीले दिएको १२८ रनको लक्ष्य कोलकाताले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए ।

बलिङतर्फ दिल्लीका लागि आभस खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै अर्निच नोटरेज, रविचन्द्र आश्विन, ललित यादव र कगिसो रवाडाले समान एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि कप्तान ऋषभ पन्त, स्टिभ स्मिथले ३९/३९ र शिखर धवनले २४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

याे जितसँगै काेलकाता ११ खेलमा १० अङ्कसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अङ्क बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0