अन्ततः गोलको खडेरी सकियो ! सिटिबिरुद्ध मेसिले गोल गर्दै पिएसजीलाई जिताए

फुटबल

काठमाडौं । लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्दा युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ। मंगलबार राति भएको समूह ‘ए’ को खेलमा पिएसजीले सिटीलाई २-० गोलले पराजित गरेको हो।

घरेलु मैदानमा पिएसजीका लागि आठौं मिनेटमा इद्रिसा गुआइले गोल गर्दै अग्रता दिलाएका थिए । ७४औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

स्पानिस क्लब बार्सिलोनामा दुई दशक बिताएर यसै सिजन फ्रि ट्रान्सफरमा पेरिस पुगेका मेस्सीले कुनै पनि प्रतियोगितामा पीएसजीका लागि गरेको यो पहिलो गोलसमेत हो ।

जितसँगै समूहमा पिएसजीको दुई खेलबाट चार अंक भएको छ। दोस्रो स्थानको क्लब ब्रुगको पनि चार अंक छ। सिटी तीन अंक जोड्दै तेस्रो स्थानमा छ।

pikashow apk download

mlive mod apk

KMS Download 

Ativador Windows 7 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0