पञ्जाव किङ्समाथि मुम्बईको जित

क्रिकेट

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साबिक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ । मंगलबार भएको खेलमामुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

सेख ज्याद क्रिकेट स्टेडियममा पञ्जाबले दिएको १ सय ३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि शौरभ तिवारीले ४५ रन जोडे भने क्वान्टन डे ककले २७ रनको योगदान गरे। हार्दिक पाण्ड्याले नटआउट ४० रन र पोलार्डले नटआउट १५ रन जोडे।

बलिङतर्फ पन्जाबका लागि रवी विश्नोइले दुई किवेट लिए । त्यस्तै नाथान इल्स र मोहमद श्वामीले समान एक–एक विकेट थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमायर १३५ रन बनाएको थियो ।

पन्जाबका लागि एडिन मार्करमले ४२ रन जोड्दा दिपक होडाले २८, कप्तान केएल राहुलले २१ र सन्दीप सिंहले १५ रन बनाए । बलिङतर्फ जस्प्रित भुम्राह र काइरन पोलार्डले समान दुई–दुई विकेट लिए । कुर्नाल पाड्या र राहुल चहारले समान एक–एक विकेट लिए ।

जितसँगै मुम्बईले ११ खेलमा १० अंक जोडेको छ । मुम्बई पाँचौ स्थानमा छ । समान खेलमा पञ्जाब ८ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0