इन्डोनेसियाको लिग वान फुटबलमा रोहित चन्दको उत्कृष्ट गोल ( भिडियो हेर्नुस )

फुटबल

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्दले उत्कृष्ट गोल गर्दा पर्सिजा जाकार्ता बराबरीमा रोकिएको छ । मंगलबार भएको खेलमा रोहित सम्मिलित जकार्ताले पेर्सितासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३१ औं मिनेटमा चन्दले गोल गर्दै जकार्तालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा इर्स्याद मौलानाले गोल गर्दै पेर्सितालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै जकार्ताले ५ खेलमा ७ अङ्क जोडेको छ । जाकार्ता सातौँ स्थानमा रहेको छ । साफ च्याम्पियनसिप खेल्न रोहित अब माल्दिभ्समा रहेको नेपाली टोलीसँग जोडिनेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
3
Tagged