ईपिएलमा ललितपुर प्याट्रियट्सको लगातार दोस्रो हार

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रियट्स लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले हरायो। यसअघि उद्धान खेलमा पनि ललितपुर प्याट्रियट्स काठमाडौं किङ्ससँग पराजित भएको थियो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाउँदै ५५ रन बनायो । आउटफिल्ड गिलो भएका कारण ढिलो गरी सुरू भएको खेल ७ ओभरमा झारिएको थियो। अन्तिम ओभरमा पोखरालाई जितका लागि ११ रन चाहिएको थियो। जसमा लेभीले ललितपुरका पवन सर्राफलाई पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका हिर्काउँदै आफ्नो टिमलाई जिताए।

ललितपुरका लागि अविजित रहेरका रिचर्ड लेभीले २२ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रनको योगदान दिँदा रित गौतमले १२ रन जोडे । ललितपुरका लागि अजमउल्लाह ओमार्जीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

ललितपुरका लागि सन्धु वेरकोडेले सर्वाधिक १९ रनको योगदान गरे । त्यस्तै ओसाडा फर्नान्डोले नट आउट १० रन बनाउँदा नारायण जोसीले ११ र पवन सरार्फले ५ रन बनाए । बलिङमा पोखराका नन्दन यादवले ३ विकेट लिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0