क्यानका उपाध्यक्ष र सचिवले किन अचानक दिए राजिनामा ?

क्रिकेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामा दिएको घोषणा गरेका थिए।

सचिव प्याकुरेलले क्यानमा आउनुको आफूहरुको योजना र मिसन पूरा भएको कारण राजीनामा दिएको बताए। क्यानले पूर्ण रुपमा काम गर्न पाउने अवस्था आइसकेकाले अब नयाँ तरिकाले अगाडि बढाउन राजीनामा दिएको उनको भनाइ थियो।

आईसीसीबाट क्यान सशर्त निलम्बन फुकुवा भएको दिननै राजीनामा दिने योजना रहेको भए पनि क्यानमा आफ्नो महशुस गरेर त्यसबेला राजीनामा नदिएको उनले बताए ।

दुई वर्षअघि चतुरबहादुर चन्द नेतृत्वमा प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । क्यानमा रहँदा प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको तिक्ततापूर्ण सम्बन्ध बेलाबखत बाहिर आइरहेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0