विलियम्सन बने सनराइजर्स हैदराबादको नयाँ कप्तान

आईपिएल समाचार

काठमाडौं । सनराइजर्स हैदराबादले केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम हैदराबादले शनिबार विलियम्सनलाई कप्तान नियुक्त गरेको हो ।

हैदरावबादले अष्ट्रेलिया ओपनर डेभिड वार्नरलाई कप्तानीको जिम्मेवारीबाट हटाएर उनलाई नियुक्त गरेको हो । विलियम्सनले यो सिजनका लागि कप्तानको जिम्मेवारी पाएका हुन् ।

विलियम्सनले यसअघि पनि हैदराबादको कप्तानी गरिसकेका छन्। उनको नेतृत्वमा हैदराबाद सन् २०१८ मा आईपीएलको फाइनलमा समेत पुगेको थियो। फाइनलमा चेन्नईसँग पराजित भएको थियो।

वार्नरको कप्तानीमा हैदराबादले सन् २०१६ मा एक पटक आईपीएल उपाधि जितेको छ। वार्नरको कप्तानीमा हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले हराउँदै उपाधि जितेको थियो ।यो सिजन हैदराबादले ६ मध्ये पाँच खेलमा हार व्यहोरेको छ । हैदरावादले जम्मा २ अंक जोडेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0