रोनाल्डोको कीर्तिमानी गोलमा युनाइटेडको जित

फुटबल

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाउँदा च्याम्पियन्स लिगको समूह चरणको खेलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई पराजित गरेको छ । बुधबार भएको खेलमा युनाइटेडले भिल्लारियलमाथि २–१ गोलको जित निकालेको हो ।

खेलको ५३ मिनेटमा अल्कासरको गोलबाट भिल्लारियलले अग्रता लिएको थियो। ६० मिनेटमा एलेक्स तेलेसले युनाइटेडका लागि बराबरी गोल गर्न सफल भए। उनले ब्रुनो फर्नान्डेजको पासमा गोल गरेका थिए। खेलको इन्ज्यूरी समयमा रोनाल्डोले गोल गर्दा युनाइटेडले २–१ को जित निकाल्यो ।

जितसँगै युनाइटेडले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेड समूहको तेस्रो स्थानमा छ । पराजित भिल्लारियल १ अंकसहित समूहको पुछारमा छ । शीर्ष स्थानको एटलान्डाको ४ अंक छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0