च्याम्पियन्स लिगमा बार्सिलोनाको लज्जास्पद हार

फुटबल

काठमाडौं : युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । समूह चरण अन्तर्गत बुधबार रातिको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले हारेको हो ।

खेलको तेस्रो मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिका २-० ले अघि रह्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को सानदार जित दिलाए ।

बेन्फिकाले सन् १९६१ पछि पहिलो पटक बार्सिलोनालाई हराएको हो । जितसँगै समूह ई मा बेन्फिका २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । बार्सिलोना पुछारमा छ ।

यो समूहको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले ५-० को जित हात पारेको छ। वार्यनले युक्रेनको डाइनामो किभलाई फराकिलो अन्तरले पराजित गरेको हो। वायर्नको जितमा लेवान्डोस्कीले १२ मिनेटमा पेनाल्टी र २७ मिनेटमा गरी दुई गोल गरे। गिनर्बिले ६८, सानेले ७४ र चोउपो मोटिङले ८७ मिनेटमा थप गोल गर्दा वायर्नले फराकिलो अन्तरको जित हात पार्‍यो।

समूहमा वार्यन ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको बेन्फिकाको ४ अंक छ भने किभ १ अंकसहित तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित बार्सिलोनाले भने अंक जोड्न सकेको छैन।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1