ईपिएलमा अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल, शरदलेअन्तिम बलमा छक्का हान्दै बराबरी गरे

क्रिकेट

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्स बीच भएको खेल बराबरीमा सकिएको छ। शरद भेषावकरले आफुले सामना गरेको पहिलो बलमै छक्का प्रहार गर्दै खेललाई रोमान्चक बराबरी गरेका हुन्। शरदले राशिद खानको बलमा छक्का प्रहार गरेका थिए ।

स्कोर बराबरीपछि सुपर ओभरमा गएको खेल प्रकाशका कारण हुन नसकेपछि दुवै टिमलाई एक एक अंक दिइएको छ। ललितपुरले दिएको १७८ रनको लक्ष्य भैरहवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

ललितपुरले २० औँ ओभर बलिङका लागि रसिद खानलाई पठाएको थियो भने भैरहवालाई जितका लागि १८ रन आवश्यक थियो। सुरुका दुई बलमा दुई दुई रन जोडेका कुशल मल्ल तेस्रो बलमा आउट भए। चौथो बलमा उपुल थारंगाले छक्का प्रहार गरेभने पाचौँ बलमा एक रन जोडेर शरदलाई स्ट्राइक दिएका थिए। छैटौं बलमा भैरहवाका कप्तान शरद भेषावकरले छक्का हानेपछि स्कोर बराबरी भयो।

भैरहवाका लागि उपल थरङ्गाले ६७ रनको अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यसतै कुशल मल्लले ३५ रन बनाउँदा आरिफ शेख २८ र तामिम इकवालले १४ रनको योगदान गरे । बलिङमा ललितपुरका रसिद खानले ३ विकेट लिए।

यसअघि टस हारेपछि ब्याटिङमा आएको लतिलपुरले निर्धारित २० ओभर खेलेर ७ विकेट गुमाई १ सय ७७ रन बनाएको थियो । ललितपुरका लागि सान्दुनले ५८ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले दुई चौका र पाँच छक्का प्रहार गरे । अजसउल्लाह ओमजाइले ४२ रन जोड्दा सन्दीप जोराले ३८ र ओसाडा फर्नान्डोले २० रनको योगदान गरे ।

बलिङमा भैरहवाका अभिनास बोहराले २ विकेट लिए भने धम्मीका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले १-१ विकेट लिए। प्रतियोगितामा ३ खेल खेलेको ललितपुरको एक अंक छ भने तीन खेल खेलेको भैरहवाको ४ अंक रहेको छ। भैरहवा तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको चितवन टाइगर्सको २ खेलबाट ४ अंक छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0