नेपाल भर्सेज मालदिभ्स ! ‘हेड टु हेड’मा मालदिभ्स धेरै अगाडि

फुटबल

काठमाडौं : पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माले पुगेको नेपालले पहिलो दिनै घरेलु तथा साबिक विजेता माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

यसअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ ।

हेड टु हेड

माल्दिभ्सविरुद्ध विगत हेर्दा नेपाल पछि छ । अझ साफमा नेपालले माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन। नेपाल माल्दिभ्सबीच अहिलेसम्म कूल १६ खेल भएको छ । जसमा माल्दिभ्सले ८ खेल जितेको छ भने नेपालले ४ खेल मात्र जितेको छ ।

बाँकी ४ खेल बराबरीमा सकिएको छ । यस्तै साफमा यी दुई टोली ७ पटक भिड्दा नेपालले एक खेल पनि जित्न सकेको छैन । माल्दिभ्सले ५ खेल जित्दा २ खेल भने बराबरी भएको थियो ।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे

यस्तो छ २३ सदस्यीय नेपाली टिम : किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0