ईपिएलमा चलेन करण केशीको कप्तानि, बिराटनगर वारियर्सको लगातार तेस्रो हार

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रिओट्सले पहिलो जित हात पारेको छ। ललितपुरले शुक्रबार भएको खेलमा विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको हो। विराटनगरको भने यो लगातार तेस्रो हार हो।

ललितपुरले दिएको २२७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगरले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि दिल्सान मुनाविराले ५९ रनको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आरिफ शेखले ३७ रन बनाउँदा चन्द्रपाउल हेमराजले २८ रनको योगदान गरे ।

बलिङमा ललितपुरका अजमातुल्लाह ओमार्जाइले ४ विकेट लिए। यस्तै ललितनारायण राजवंशीले २ विकेट हात पारे। यसअघि, सन् २०१८ मा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्सलाई २१५ रनको योगफल दिएको थियो । यो इपिएल इतिहासकै सवैभन्दा ठुलो योगफल हो । यसअघि सन् २०१८ मा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजविरुद्ध २१६ रन जोडेको थियो।

ललितपुरका लागि सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित ७३ रनको शानदार इनिङ खेले । यस्तै, अज्मतुल्लाह ओमारजाईले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ७ छक्कासहित ५८ रनको शानदार अर्धशतकीय इनिङ खेले । यस्तै, कप्तान कुशल भुर्तेल ३२ तथा योगेन्द्रसिंह कार्की २७ बनाएर पेभेलियन फर्किँदा पवन सरार्फ २ रनमा आउट भए । ओमारजाई ५८ रनमा अविजित रहँदा नारायन जोशीले ४ बलमा ६ छक्कासहित अविजित १८ रन जोडे ।

बलिङतर्फ विराटनगरका लागि करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिस जिसी र दिल्सन मुनाविराले समान एक/एक विकेट लिए । प्रतियोगितामा पहिलो जित निकालेको ललितपुरले ४ खेलबाट ३ अंक जोडेको छ । ललितपुर तालिकाको तेस्रो स्थानमा छ । पराजित विराटनगर अंकविहिन हुँदै तालिकाको पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0