ईपिएलमा जित्न बिर्सिएको बिराटनगर वारियर्स, लगातार चौथो हार

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई सात विकेटले हराएको छ । टियू क्रिकेट स्टेडियममा विराटनगरले दिएको १७३ रनको लक्ष्य पछाएको पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पोखराको जीतमा विदेशी खेलाडी असेला गुनारत्नेले २४ बलमा अविजित ५० रन बनाएका थिए । त्यस्तै रिचार्ड लेभीले ४७ र शाहन अर्चचिगेले ४३ र कप्तान विनोद भण्डारीले अविजित १५ रन बनाएका थिए । विराटनगरका प्रतिस जिसी, सिकन्दर राजा र हरि चौहानले विकेट लिए ।

यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर खेलेर ५ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो । विराटनगरका लागि आशिफ शेखले सर्वाधिक ४४ रन बनाउँदा सिकन्दर राजा २९ रनमा आउट भए। त्यस्तै, सन्दीप रजालीले २८, कप्तान करन केसीले २४, दिलसान मुनवीराले १६ र अनिल साहले १२ रन जोडे।

पोखराको लागि बिक्रम सोबले २ तथा नन्दन यादव, विवेक यादव र सहन अरच्चिगेले १/१ विकेट लिए। आजको जीतसँगै पोखरा पाँच अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । विराटनगर भने चार खेलमा कुनै पनि अंक बटुल्न नसकी पुछारमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0