आईपीएल : मुम्बईलाई पराजित गर्दै दिल्ली प्लेअफमा

आईपीएल क्रिकेट

काठमाडौं : दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। दिल्लीले शनिबार भएको खेलमा मुम्बईलाई ४ विकेटले पराजित गर्दै दिल्ली प्लेअफमा पुगेको हो। मुम्बईले दिएको १३० रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा श्रेयस अय्यरले अविजित ३३, कप्तान ऋषभ पन्तले २६, शिमरोन हेटमायरले १५, रविचन्द्रन आश्विनले नटआउट २०, पृथ्वी शाले ६, शिखर धवनले ८, स्टिभ स्मिथ र अक्षर पटेलले ९/९ रनको योगदान दिए । दिल्लीका सुरुवाती तीन ब्याटसम्यान भने सस्तैमा आउट भए।

बलिङतर्फ मुम्बईका ट्रेन्ट बोल्ट,जयन्त यादव,क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले १/१ विकेट लिए । त्यसअघि शाहजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो ।

मुम्बईका सूर्यकुमार यादवले ३३, क्वीन्टिन डी ककले १९, हार्दिक पाण्ड्याले १७, सौरभ तिवारीले १५, कुर्णाल पाण्डेयले १३ र जयन्त यादवले ११ रन बनाए। बलिङतर्फ दिल्लीका अवेष खान र अक्षर पटेलले तीन–तीन तथा रविचन्द्रन आश्वीन र एनरिच नर्ट्जेले एक–एक विकेट लिए।

योहार पछि मुम्बईको प्लेअफ यात्रा कठिन भएको छ । मुम्बईको १२ खेलमा १० अंक रहेको छ भने अब दुई खेल खेल्न बाँकी रहेको छ । त्यस्तै दिल्लीको भने १२ खेलमा १८ अंक भएको छ भने दिल्ली यस अघि नै प्लेअफमा पुगिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0