मेसिले छोडेपछि लय गुमाएको बार्सिलोना एट्लेटिको मड्रिडसँग २-० ले पराजित

फुटबल

काठमाडौं, असोज १७ : फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो । बार्सिलोना एट्लेटिको मड्रिडसँग २-० गोल अन्तरले पराजित भएको छ।

घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस स्वारेजले एक-एक गोल गरे । खेलको २३ मिनेटमा लेमारले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए। उनलाई गो गर्न सुआरेजले पास दिएका थिए।

सुआरेजले ४४ मिनेटमा एट्लेटिकोको अग्रता दोब्बर पारे। उनले लेमारको पासमा गोल गरेका थिए। बार्सिलोनाले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवावमा राखेपनि गोल गर्न भने सकेन । ला लिगामा बार्सिलोनाको यो पहिलो हार हो ।

जितसँगै एट्लेटिकोले ८ खेलबाट १७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको रियाल मड्रिडको पनि ७ खेलबाट १७ अंक नैं छ । बार्सिलोना १२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

जारी सिजनको लिगमा बार्सिलोनाले कमजोर प्रदर्शन गरिरहेको छ । लियोनल मेस्सीले क्लब छोडेपछि बार्सिलोनाको खेल पनि खस्किएको छ । यसले टोलीका डच प्रशिक्षक रोनाल्ड कोम्यानमाथि दबाब बढाउँदै लगेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0