टोरिनोमाथि युभेन्टसको संघर्षपूर्ण जित

फुटबल

काठमाडौं । युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले टोरिनोमाथि १–० गोलको जित निकालेको हो ।

युभेन्ट्सलाई जित दिलाउको लागि खेलको अन्त्यतिर म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ८६औं मिनेटमा फेडरिको चिइसाको पासमा गोल गरेका थिए ।

यो जितसँगै युभेन्टस ७ खेलबाट ११ अंक जोड्दै आठौँ स्थानमा रहँदा समान खेलबाट ८ अंकका साथ टोरिनो १०औँ स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0