ईपिएलमा विराटनगर वारियर्सको पहिलो जित

एभरेष्ट प्रिमियर लिग क्रिकेट

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले किंग्स-११ लाई ७ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ ।

वर्षाले मैदान ओसिएपछि आठ ओभरमा झारिएको खेलमा विराटनगरले दिएको १०५ रनको लक्ष्य पछाएको काठमाडौँले ८ ओभरमा ३ विकेट गुमाउदै ९७ रन रनमात्रै बनाएपछि विराटनगर ७ रनले विजयी भएको हो ।

काठमाडौँका लागि रह्मनुल्लाह गुरबाजले २८ रन बनाए भने सुवास खकुरेलले १० बलमा ३ छक्कासहित अविजित २६ रन बनाए पनि काठमाडौंले विजय हात पार्न सकेन् । उनीसँगै अविजित रहेका राजु रिजालले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै ८ ओभरमा ५ विकेट गुमाउदै १०५ रन बनाएको थियो । विराटनगरका लागि अनिल साहले १६ बलमा अविजित रहदै सर्वाधिक ४५ रनको योगदान गरे । ओपनर रायन पठानले ११ बलको सामना गर्दै तीन छक्का र दुई चौकाको मदतमा ३० रन जोडे । काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक/एक विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0