स्टार खेलाडीहरूले भरिएको पीएसजीको पहिलो हार

फुटबल

काठमाडौं : स्टार खेलाडीहरूले भरिएको पीएसजीले सिजनकै पहिलो हार ब्यहोरेको छ। आइतबार सम्पन्न खेलमा पिएसजी रेन्नेजसँग २-० गोल अन्तरले पराजित भएको हो । योसँगै यसै लियोनल मेस्सीले पनि पीएसजीमा पहिलो हार ब्यहोरेका छन्।

खेल अवधिभर पीएसजीले गोलका लागि १० वटा प्रहार गरे पनि एउटै पनि प्रहार लक्ष्यमा पुग्न सकेन । घरेलु टोली रेनेसले ४५औं मिनेटमा गाइटन लाबोर्डेको गोलबाट अग्रता लिएको थियो । लाबोर्डेको पासमा फ्लाभियन टैटले ४६औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यही दुई गोल पीएसजीलाई हराउन रेनेसका लागि पर्याप्त बन्यो ।

पिएसजीको यस सिजनको लिग वानमा यो पहिलो हार हो । यस अघि ८ खेल लगातार जितेको पिएसको ९ खेलमा २४ अंक रहेको छ भने अहिले पनि शिर्ष स्थानमा रहेको छ । त्यस्तै यो जितपछि रेन्नेजको ९ खेलमा १२ अंक भएको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0