पुन: म्याक्सवेल चम्किएपछि आईपिएलको प्लेअफमा पुग्यो बेङ्लोर

क्रिकेट

काठमाडौं । पन्जाब किङ्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफमा प्रवेश गरेको छ । यूएईको शारजाहमा आइतबार भएको खेलमा पन्जाब किङ्सलाई ६ रनले हराउँदै बैंगलोर प्लेअफमा स्थान बनाउने तेस्रो टिम बनेको हो ।

यसअघि नै चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स प्लेअफ पुगिसकेको छ । सनराइजर्स हैदराबाद प्लेअफ होडबाट बाहिरिसकेको छ । अब बाँकी रहेका ४ टिममध्येबाट एक टिम मात्र प्लेअफ पुग्नेछ । बेंगलोरसँग हारपछि पञ्जाबको सम्भावना पनि कमजोर बनेको छ ।

बैंगलोरले दिएको १६५ रनको लक्ष्य पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनायो । पञ्जाबका लागि ओपनर मायांक अग्रवालले ४२ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५७ रन बनाए । यस्तै कप्तान लोकेश राहुलले ३९ रन जोडे ।

पञ्जाबका लागि ओपनर मायांक अग्रवालले ४२ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५७ रन बनाए । यस्तै कप्तान लोकेश राहुलले ३९ रन जोडे । म्याक्सबेलले ३३ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५७ रन बनाए । ओपनर देवदत पडिक्कलले ४०, कप्तान विरा कोहलीले २५ र ए बी डे भिलियर्सले २३ रन जोडे । पञ्जाबका मोइसेस हेनरिकेज र मोहम्मद शामीले ३/३ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0