आज श्रीलंका र नेपाल भिड्दै, हेड टु हेडमा श्रीलंका बलियो

फुटबल

काठमाडौं । माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। नेपाल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने श्रीलंका पहिलो जितको खोजीमा छ।

यसअघिको खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पाखा लगाएकाे थियाे । श्रीलंकासमेत सोही नतिजाका साथ बंगलोदशलाई ३ अंक सुम्पिएको थियो । नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् । तर, बलियो टिम श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन ।

हेड टु हेडमा श्रीलंका बलियो

बिगत हेर्दा नेपालभन्दा श्रीलंका बलियो देखिन्छ । नेपाल र श्रीलंकाबीच हालसम्म १७ खेल भएका छन् । जसमा नेपालले ३ खेल आफ्नो पक्षमा राख्दा ८ खेल बराबरीमा समाप्त भएको छ । श्रीलंकाको पक्षमा ६ खेल गएको छ ।

सन् २०१५ को केरला साफमा नेपालले पछिल्लो पटक श्रीलंकाको सामना गरेको थियो । सो खेल श्रीलंकाले १–० को जित निकालेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1