१० खेलाडी मात्र भए पनि बंगलादेशले छिरायो गोल, भारतसँग गर्‍यो बराबरी

फुटबल

काठमाडाै‌ : माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा दस खेलाडीमा सीमित बनेको बंगलादेशले भारतलाई १–१ को बराबरीमा रोकेको छ । मालेस्थित नेशनल स्टेडियममा भएको खेलको २६औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बंगलादेश १० खेलाडीमा समेटिएपनि भारतले फाइदा उठाउन सकेन । ५४औँ मिनेटमा बंगलादेशका रक्षक विश्वनाथ घोषले रातो कार्डको सामना गरेपछि बंगलादेश बाँकी समय दश खेलाडीमा सीमित बनेको थियो । विश्वनाथले भारतका लिष्टन कोलाकोलाई फाउल गरेपछि रेफ्री अलशामरानी माजिद मोहम्मदले सिधै रातो कार्डको दर्शन गराएका थिए ।

तर एक खेलाडी कम भएपनि बंगलादेशले बराबरी गोल फर्कायो । ७४ औं मिनेटमा यासीन अराफतले बंगलादेशका लागि गोल गरेका थिए । उनले कर्नरबाट आएको पासलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेश यो नतिजापछि दुई खेलबाट चार अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायम रह्यो । साफ च्याम्पियनसिप अन्तर्गत सोमबार राति ९:४५ बजे नेपालले श्रीलंकासँग खेल्दैछ । नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0